प्रहरीले वौद्धमा गोली हानेर समायो छिरिङलाई


२४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं, २४ जेठ । प्रहरीले काठमाडौंको वौद्धमा गोली हानेर एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बौद्धमा गोली प्रहार गरी छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ ।

उनको दाहिने खुट्टामा गोली लागेको छ । आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा तामाङ संलग्न रहेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् ।

प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेर भाग्न खोजेपछि खुट्टामा गोली प्रहार गरिएको एसएसपी थापाले बताए । तामाङका अन्य पाँच जना साथीहरु भने यसअघि नै पक्राउ परिसकेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७