भोलि र पर्सी कोरियन भाषा परीक्षा, यी नियम नमाने निष्काशन

कोरिया भाषा परीक्षाको नतिजा असार १३ गते आउने


२४ जेष्ठ २०७६, शुक्रबार
epas

काठमाडौं, २४ जेठ । भोलि (शनिबार) देखि रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको कोरियन भाषा परीक्षा हुँदैछ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

आउँदो वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवा भिड्दै छन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

यसको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो भाषा परीक्षा त्यस अन्तर्गत दिनुपर्छ ।

गत वर्ष भन्दा पनि अघिल्लो वर्षभन्दा ७ हजार बढी युवाले कोरिया जानका लागि आवेदन भरेका थिए । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० को कोरियन भाषा परीक्षाको आवेदन फारम चैत ८ गतेबाट खुला भएको थियो ।

१८ वर्ष पूरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

परीक्षा दिन आउँदा प्रवेशपत्र र सक्कल राहदानी अनिवार्य रुपमा नल्याउन आग्रह गरिएको छ । यस्तै परीक्षार्थीले उत्तरपुस्तिकामा चिन्ह लगाउने प्रयोजनमा कालो बलपेन नै प्रयोग गर्नुपर्ने छ ।

यस्तै परीक्षामा आउँदा मोबाइलसहित कुनै स्मार्ट डिभाइसहरु नबोक्न पनि ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । परीक्षामा नक्कली परीक्षा दिने र दिन लगाउनेलाई ३ वर्षसम्म भाषा परीक्षा दिन नपाउने गरी निष्काशन गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७