‘गुगल सर्च’ गरेर एमबिबिएस विद्यार्थी शिशिरले सिध्याए आफैलाई

अभिभावक गुमाएपछि ‘डिप्रेसन’ मा रहेका शिशिरले कोटेश्वरमा विष किनेर कीर्तिपुर पुगेर पिए


२५ जेष्ठ २०७६, शनिबार
sisir gautam

काठमाडौं, २५ जेठ । आठ दिनदेखि हराईरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षका विद्यार्थी खनालको शव आज (शनिबार) कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकैको जङ्गलमा फेला परेको छ ।

अर्घाखाँची स्थायी बसोबास भए पनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय भाइसँग घरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि सम्पर्कविहीन थिए ।
शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा भेटेको थियो । तर, शिशिरलाई भने भेटाउन सकिरहेको थिएन् ।

चार–पाँच दिनदेखि सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिबार दिउँसो शिशिरको शव फेला पारेको हो । केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले जानकारी दिएका छन् ।

गुगलमा सर्च गरेर विषादी छनौट
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले आल्मुनियम फोस्फेट भन्ने विषादी सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विषादी किनेका थिए ।

शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषादीको खाली डब्बा पनि भेटिएको प्रवक्ता बोगटीले जानकारी दिएका छन् । बोगटीले भने, ‘शिशिरले कुन विषादी खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषादीहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’

यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभिभावक गुमाएपछि ‘डिप्रेसनमा’
२०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमा–बुबा र दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बोगटीले जानकारी दिएका छन् । डिप्रेसनको औषधि खाँदै आएका शिशिर पढाइमा अब्बल रहेको समेत बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७