महिला विश्वकप फुटबलमा स्पेन र नर्वेको जीत


२६ जेष्ठ २०७६, आईतवार
women spain

काठमाडौं, २६ जेठ । फिफा महिला विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा नर्वे र स्पेन विजयी भएका छन् ।

उपाधिको दाबेदार टिम स्पेनले दक्षिण अफ्रिकालाई तीन एक गोलले हरायो । त्यसो त उसले दक्षिण अफ्रिकाको एक गोलको अग्रतालाई उल्ट्याएको हो । खेलको २५ औं मिनेटमा गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफसम्म एक गोलको अग्रता कायम राखेको दक्षिण अफ्रिकाको खेल दोस्रो हाफमा पुरै खस्किन पुग्यो । स्पेनले २० मिनेटमा तीन गोल फर्काउन सफल भयो । जसमा उसले दुई गोल पेनाल्टीबाट गर्न सफल भयो ।

७० औं र ८३ औं मिनेटमा जेनीफर हेरमोसोले पेनाल्टीबाट दुई गोल गरेपछि स्पेन खेलमा फर्कन सफल भयो । त्यसपछि ८९ औं मिनेटमा लुसिया गार्सियाले स्पेनका लागि तेस्रो गोल गरिन । त्यसो त दक्षिण अफ्रिका ८२ औं मिनेटमा १० खेलाडीमा झर्न पुगेको थियो । उसकी भिलाकाजी दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएकी थिइन् ।

अर्को खेलमा नर्वेले नाइजेरियालाई तीन शून्यले हरायो । नर्वेका लागि रेइटेल, उट्लान्डले एक–एक गोल गरिन भने उसले एक गोल उपहार पाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७