एमालेले भन्यो-कामचलाऊ सरकारलाई मनपरी निर्णय गर्ने अधिकार छैन


२५ मंसिर २०७४, सोमबार
kp oli madhav nepal

काठमाडौं: नयाँ निर्वाचनबाट देशको पहिलो दल बनेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले कामचलाउ सरकारले बिभिन्न संस्थानमा राजनीतिक नियुक्ति गर्न थालेको भन्दै आपत्ति जनाएको छ ।kp oli madhav nepal

एमालेले शेरवहादुर देउवा सरकारले गरेका पछिल्ला नियुक्ति र निर्णयहरुको निरन्तरता कुनै पनि हालतमा हुन नदिने प्रष्ट पारेको छ । एमाले महासचिव ईश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गरि काम चलाउ हैसियतमा सीमित हुन पुगेको सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्तिहरू गरेकोरगर्न लागेको विषयप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
सरकारले आज गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गदै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन सचेत गराएका छन्।

“यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो”, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिने समेत सबैमा स्पष्ट गर्दछौंँ ।” ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७