प्रतिनिधि १४९ र प्रदेश सभाकाे ३०३ क्षेत्रको मतगणना सम्पन्न


२५ मंसिर २०७४, सोमबार
matgarana
dtu0fgf /fli6«o ;efu[xdf ;f]daf/ k|ltlglw;ef / k|b]z;ef lgjf{rgsf] ;dfg’kflts tkm{sf] dtu0fgf ub}{ lgjf{rg cfof]usf k|ltlglwx? . tl:a/ M gjLg kf}8]n, /f;;

काठमाडौँ : यही मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

matgarana
 

आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट साेमबार अपराह्न ५ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १४९ र प्रदेशसभा सदस्यतर्फ ३०३ प्रतिनिधि निर्वाचित भएकाे बताएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म १४९ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यसैगरी प्रदेशसभा सदस्यका लागि पहिलो र दोस्रो चरणमा मतदान भएका सबै जिल्लाका ३३० निर्वाचन क्षेत्रको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ३०३ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अब प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १६ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका २७ निर्वाचन क्षेत्रको मात्र अन्तिम मत परिणाम प्राप्त हुन बाँकी रहेको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना भने जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७