काठमाडौं-१ मा समानुपातिक मत एमालेलार्इ भन्दा विवेकशीललार्इ धेरै


२५ मंसिर २०७४, सोमबार
Bibeksil Sajha Party onlinepana

काठमाडाैं : काठमाडौं निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १ सय २१ मत पाएको छ।Bibeksil Sajha Party onlinepana
सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ। काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९ सय ११ र एमालेले छ हजार ५०८ मत पाएका छन्।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ। कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो।
अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ। मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौंका सबै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७