फिफा वरीयतामा नेपाल चार स्थान तल झर्यो


३२ जेष्ठ २०७६, शनिबार

काठमाडौं, ३२ जेठ । फिफा वरीयतामा नेपाल चार स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रवार जारी गरेको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको हो । यसअघि नेपाल १६१औं स्थानमा थियो ।

समग्रमा चार स्थान तल झरेको नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमै छ । दक्षिण एसियामा भारत सबैभन्दा माथि १०१ औं स्थानमा छ । यस्तै माल्दिभ्स १५१औं स्थानमा छ । बंगलादेश १८३औं, भुटान १८६औं, श्रीलंका २०१औं र पाकिस्तान २०५औं स्थानमा छ ।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा यथावत छन् ।

केही दिनअघि मात्र युइएफए नेशन्स लिग जितेको पोर्चुगल दुई स्थान सुधार गर्दै पाँचौमा उक्लेको छ । क्रोएसिया एक स्थान तल झर्दा छैटौं स्थानमा छ । दुई स्थान नै फड्को मारेको स्पेन सातौँ स्थानमा छ । दुई स्थान झरेको उरुग्वे आठौं, एक स्थान तल झरेको स्वीट्जरल्याण्ड नवौं स्थानमा छ भने डेनमार्क दशौँ स्थानमा यथावत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७