स्वास्थ्यको समायोजन : सामान्यको सूची स्वास्थ्यमा पुग्यो, सोमबारबाट कर्मचारीलाई पत्र थमाइँदै

सूची सार्वजनिक नगरी कर्मचारीलाई पत्र


१ असार २०७६, आईतवार
birami mantralaya

काठमाडौं, १ असार । विवादित बनेपछि थाँती रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कर्मचारी समायोजन सूची तयार भएको छ ।

स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजनका लागि सूची बनाउने काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुंग्याएर स्वास्थ्य मन्त्रालयमा पठाएको छ । सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका सबै गुनासालाई एक–एक गरी केलाएर समायोजनको अन्तिम सूची टुङ्गो लगाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सामान्यले तयार पारेको अन्तिम सूची आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ । स्वास्थ्य मन्त्रालयले उक्त सूची अनुसार कर्मचारीलाई समायोजनको पत्र थमाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सामान्यले टुङ्गो लगाएर पठाएको सूची विगतमा जस्तो वेबसाइटमा सार्वजनिक नगर्ने जनाएको छ ।

मन्त्रालयले कर्मचारीलाई पत्र पठाउने तयारी गरेको छ । समायोजनमा परेका कर्मचारीलाई हाल कार्यरत रहेको स्थानमा नै पत्र पठाउने तयारी भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिएका छन् ।

स्वास्थ्यमा २७ हजार ३०३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो । तर, उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए । सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो । उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक–एक विवरण केलाउँदै सामान्यले ७ हजार ७४० गुनासालाई जायज ठहर गरेको थियो ।

सोही आधारमा मन्त्रालयले समायोजनको अन्तिम टुङ्गो लगाएको सामान्यका एक कर्मचारीले जानकारी गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७