लोकसेवाको विज्ञापनविरूद्ध देशभरका करार कर्मचारीले हाले सर्वोच्चमा रिट


२ असार २०७६, सोमबार
Loksewa Aayog

काठमाडौं, २ असार । लोक सेवा आयोगले स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को पनि रिट परेको छ।

यसपालि देशभरका स्थानीय तहमा कार्यरत १ सय २० करार र अस्थायी कर्मचारीहरूले विज्ञापन रोक्न भन्दै रिट दायर गरेका हुन्। ‍ उनीहरूको तर्फबाट मिमबहादुर योञ्जनले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका छन्।  सोमबार भने देशभरका करार कर्मचारीले रिट हालेका हुन्।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थालाई मिचेर विज्ञापन गरेको जिकिर उनीहरूको रिटमा छ। आफूहरूमध्ये २५, १८ र १५ वर्षदेखि स्थानीय तहमा कार्यरत कर्मचारी भएको र अन्य आन्तरिक प्रतिस्पर्धालगायतका सुविधाबाट बञ्चित गराएको गुनासो उनीहरूले रिटमा गरेका छन्।

१२१ कर्मचारीले दिएको रिटमा आन्तरिक प्रतिस्पर्धाका लागि केही सिट आरक्षण हुनुपर्ने जिकिर गर्दै सर्वोच्चमा निवेदन दायर गरेका हुन्।

उनीहरुको निवेदनको पेशी मंगलबार रहेको छ। स्थानीय तहमा रिक्त पदपूर्तिको लागि लोकसेवा आयोगले नौ हजार बढीको विज्ञापन खुलाएको छ। संसदको राज्य व्यवस्था समितिले यो विज्ञापन रोक्न निर्देशन दिए पनि सरकारले पछि नहट्ने जनाएको छ। यता लोकसेवाको अध्ययन गरिरहेका विद्यार्थीहरूले भने राज्यव्यवस्था समितिले दिएको निर्णय खारेजको माग गर्दै आन्दोलन गरेका छन्।

रिटको पूर्ण पाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७