समाचार संकलन गरेर फर्केका पत्रकार विना कारण पक्राउ


२ असार २०७६, सोमबार
devraj puma

गाईघाट, २ असार । उदयपुरका क्रियाशिल पत्रकार देवराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका सम्पादक राईलाई आईतबार साँझ पक्राउ गरेको पत्रकार विश्वराज तामाङले बताए ।

समाचार संकलन गरेर फर्कने क्रममा उदयपुरको बेल्टारबाट प्रहरीले पत्रकार राईलाई पक्राउ गरिएको बताए । चौदण्डिगढि ७ स्थित ज्योती बहुमुखी क्याम्पसमा दुई समुहबीच झगडाको रिर्पोटिङ गरी फर्किएका उनी पक्राउ परेका हुन् ।

घटनामा पत्रकार देवराज राई निर्दोष रहेको घटनाका प्रत्यक्षदर्षी तथा क्याम्पसका प्रध्यापक द्रोण पराजुलीले जानकारी दिए । परिवारका अनुसार उनलाई आज(साेमबार) पनि छोडिएको छैन् ।

पत्रकार राई पक्राउको विरोध भएको छ ।  विना कारण आफ्ना सहकर्मी पक्राउ गरेको भन्दै त्रियुगा एक्सप्रेस दैनिकले एक विज्ञप्ती जारी गर्दै भत्सना गरेको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वराज तामाङले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनबाट फर्कदै गरेका राई ज्योती बहुमुखी क्याम्पसमा भएको घटनाको बिषयमा जानकारी राख्ने क्रममा प्रहरीले पक्राउ गर्नु आफैमा निन्दनीय भएको बताएका छन् ।

घटनामा संलग्नको सत्य तथ्य छानविन गरेर घटनामा संलग्नलाई कानुनी कार्वाहि गरिनु पर्ने माग राख्दै आफ्ना निर्दोष सहकर्मी पक्राउ परेको प्रति गम्भीर आपत्ती रहेको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७