नगरको वैठकमै मेयरमाथि हातपात


३ असार २०७६, मंगलवार

रामेछाप, ३ असार । रामेछापको मन्थली नगर कार्यपालिकाका मेयर रमेशकुमार बस्नेतमाथि बैठकमै हातपात भएको छ ।

 

meyar

सोमबार बेलुका बसेको नगर कार्यपालिका बैठकमा काम नभएको योजनाको भुक्तानी माग गरिएको विषयमा भएको छलफलले उग्ररुप लिएपछि नगर प्रमुख बस्नेतमाथि आक्रमण भएको हो । मन्थली नगरपालिका–५ का अध्यक्ष रामबहादुर कार्कीले काम नै नगरेको गएको आर्थिक वर्षको योजनाको रकम भुक्तानी हुनुपर्ने माग गरेपछि कार्यपालिको बैठकमा विवाद भएको नगरपालिकाले जनाएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले काम नभएको योजनाहरुको भुक्तनी दिन नमिल्ले बताएपछि बैठकमै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि लक्षित गरी आक्रमण भएको नगरपालिकाले जनाइएको छ ।

काम नभएको योजनाको भुक्तानी दिन दवाब दिँदै नगर कार्यपालिका सदस्य उद्धव रम्तेल र श्रीबहादुर माझी, वडा नम्बर–५ का अध्यक्ष रामबहादुर कार्की र वडा नम्बर–१२ का अध्यक्ष कृष्णहरि अधिकारीले बैठकस्थलमा भएका नेमप्लेट, पानीको बोतल र चियाको ग्लासले नगर प्रमुख बस्नेलाई प्रहार गरेका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ ।

गएको आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको बजेटबाट गेलु, सुनारपानी, भटौली र चिसापानीमा योजनाको काम नै नगरेको हुँदा नगरपालिकाले रकम भुक्तानी दिन नमिल्ने बताएपछि कार्यपालिका बैठकमा नै आफूमाथि आक्रमण भएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७