कर्णाली नदीमा जीप दुर्घटना : वेपत्ता १० मध्ये आठ जनाको पहिचान (नामावलीसहित)


३ असार २०७६, मंगलवार
humla

काठमाडौं, ३ असार । हुम्लाको खार्पुनाथ–५ को याँचु कुनामामा कर्णाली नदीमा जीप खस्दा वेपत्ता खापुनार्थ गाउपालिका उपाध्यक्ष सिन्धु शाहीसहित १० मध्ये आठ जनाको नाम पहिचान भएको छ ।

कर्णाली नदीमा खसेको जीपमा १० जना सवार रहेको गाउँपालिका प्रशासनले जनाएको जानकारी दिएको छ । सडकबाट २ सय मिटर तल खसेर जीप कर्णाली नदीमा बेपत्ता भएको छ ।

घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उनका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार रहेको उनले पुष्टि गरेका छन् ।

यसैगरी खार्पुनाथ गाउँपालिका–१ कि कौर कामी र उनका २ वर्षका छोरा समेत दुर्घटनामा बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्री समेत परेका छन् । उनको नाम खुलेको छैन ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिका–५ को बेडबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७