जेबिल्स फाइनान्स नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभियो


६ असार २०७६, शुक्रबार
156111994064928924 912451435767760 38467 1

काठमाडौं, ६ असार । जेबिल्स फाइनान्स नेपाल इन्भेष्टमेण्ट बैंकमा गाभिएको छ। प्राप्तिको नियम अनुसार इन्भेष्टमेण्ट बैंकले जेबिल्सलाई प्राप्ति गरेको हो।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १२.५९ अर्ब रुपैयाँ र जेबिल्स फाईनान्सको चुक्ता पुँजी ०।८४ अर्ब रुपैयाँ भएकोमा जेबिल्स फाईनान्सको १०० रुपैयाँको एक शेयर बराबर ३३ रुपैयाँ प्रदानगर्ने प्रस्ताब पारित भएको छ।

सोही अनुसार जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पुँजी १२.८७ अर्ब पुग्ने छ ।
जेबिल्स फाईनान्सको प्राप्तिपछि बैंकको कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने छ। कूल कर्जा १ सय ३२ अर्ब रहने छ।
बैंकका अनुसार जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि बैंकमा संस्थापक पक्षको स्वामित्व ६९ प्रतिशत र सर्वसाधारणको ३१ प्रतिशत नै रहने छ।

जेबिल्स फाईनान्सको प्राप्तिपछि पनि एनआईबिएलमा हालकै संचालक समिति तथा प्रमुखकार्यकारी अधिकृत कायम रहने बैंकको भनाइ छ।

बैंकका देसभरि ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ४९ वटा शाखारहित बैंकिङ सेवा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७