‘कविर सिंह’ को ब्यापार बक्स अफिसमा सुखःद


८ असार २०७६, आईतवार
RiANSSgCuJk

काठमाडौं, ८ असार । लामो समयदेखि बक्स अफिसमा हिट चलचित्रको खोजीमा रहेका नायक साहिद कपुरलाई ‘कविर सिंह’ ले नयाँ उचाइमा पुर्याइ दिएको छ ।

शुक्रबारदेखि भारतीय बक्स अफिसमा रिलिज भएको चलचित्रले बम्पर ओपनिङ मात्र गरेको छैन, दर्शकमा यो चलचित्रको क्रेज ह्वात्तै बढेको छ । जसकाकारण, चलचित्र लामो रेशको घोडा बन्ने छ । भने, नायक साहिद कपुरको स्टारडम फर्किएको विश्लेषण पनि गरिएको छ ।

चलचित्रले शुक्रबार २०.२१ करोडको ओपनिङ गरेको थियो । यो चलचित्र नायक साहिद कपुरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ हो । शनिबार पनि चलचित्रको व्यापारिक रफ्तार उस्तै थियो । शनिबार चलचित्रले २२.७१ करोडको कमाई गरेको थियो । दुई दिनमै चलचित्रले ४२.९२ करोडको कमाई गरेको छ । चलचित्रले ७० करोड भन्दा बढीको विकेन्ड कमाई गर्ने विश्लेषण गरिएको छ । चलचित्रलाई समीक्षक र दर्शक दुबैले उत्कृष्ट भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७