बिजयलाई पछ्याउँदै भगवती , यस्तो छ पछिल्लो अपडेट


२७ मंसिर २०७४, बुधबार
Bhagawati choudhary Bijayekumar Gachhadar

काठमाडौं: प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये बाँकी रहेको एक मात्र सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।Bhagawati choudhary Bijayekumar Gachhadar

जितको छिनोफानो हुन बाँकी रहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका छन्।अघिल्लो मतगणनामा ३११ मतले अघि बढेका गच्छदार अहिले ५ सय १९ मतले अगाडि छन् ।

गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् भने संयुक्त वाम गठबन्धनबाट उम्मेद्वार बनेकी नेकपा एमालेकी भगवती चौधरीको ३५ हजार ५६१ मत ल्याइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७