‘साइनो’ को गीत सार्वजनिक, टिकटक च्यालेञ्ज पनि आयोजना (भिडियोसहित)


८ असार २०७६, आईतवार
saino

काठमाडौं, ८ असार । नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दको निर्माणमा बनेको चलचित्र ‘साइनो’ को दोश्रो गीत सार्वजनिक भएको छ । ‘कुन मायाको साइनो’ बोलको गीत सार्वजनिक गर्दै निर्माण पक्षले टिकटक च्यालेञ्ज पनि आयोजना गरेको छ । चलचित्रको यो गीतमा मुख्य कलाकार नीता ढुंगाना, मिरुना मगर र राजकुमार फिचर्ड छन् ।

एलिस कार्कीले संगीत भरेको गीतमा प्रताप दास र जीना रसाइलीको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । यो चलचित्र साउनको २४ गतेबाट रिलिज हुँदैछ । रमेश थापाको निर्देशनमा बनेको यो चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन छ ।

यो गीतको कुनै पनि टुक्रामा टिकटक बनाएर चलचित्रको फेसुबक पेजमा ट्याग गर्नुपर्ने निर्माणपक्षले बताएको छ । उत्कृष्ट भिडियोमध्ये प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगद पुरस्कार दिने निर्माताले बताए । यस्तै, पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ बर्षको अभिनय प्रशिक्षणको व्यवस्था गर्ने बताइएको छ ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७