चन्दका तीन कार्यकर्ता हतियारसहित पक्राउ


९ असार २०७६, सोमबार
biplaw 1

मोरङ, ९ असार । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ का ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका–५ का ३४ वर्षीय सुदीप भनिने कंश धिमाल र उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय केन्द्रलाल धिमाललाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई मोरङ प्रहरीले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । हातहतियार देखाएर विभिन्न व्यक्ति र संघ–संस्थाहरुबाट चन्दा असुल्ने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।
राई र धिमालको घरमा छापा मार्दा ‘अटोमेटिक’ पेस्तोल दुई थान, सोही पेस्तोलमा लाग्ने ‘म्याग्जिन’ चार थान र गोली १४ राउण्ड बरामद भएको पनि प्रहरीले जनाएको छ ।

उनीहरुकै बयानका आधारमा सोमबार बिहान उर्लाबारी नगरपालिका–२, सालबारीका केन्द्रलाल धिमालको घरबाट तीनथान भरुवा बन्दुक, बारुद्ध, छर्रा, नटबोल्टलगायतका सामग्री बरामद गरेको जानकारी पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पक्राउ परेकाहरुविरुद्ध मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत हातहतियार तथा खरखजनाअन्तर्गत् मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७