समानुपातिकतर्फ १७ प्रतिशत मत बदर


२७ मंसिर २०७४, बुधबार
election nepal

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।election nepal
उनले भने, ‘यसरी हेर्दा प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको देखाउँछ ।’
यस्तै प्रदेशसभा सदस्य (क)का लागि समानुपातिकतर्फ ३७ हजार ९७९ मत खसेकामा नौ हजार ९४ मत बदर भएको छ भने प्रदेशसभा ९ख० मा समानुपातिकतर्फ खसेको कूल ३६ हजार ७९६ मतमध्ये आठ हजार ८४२ मत बदर भएको छ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा पनि जिल्लामा १२ हजारभन्दा बढी मत बदर भएको छ । सो निर्वाचनमा ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी हेर्दा बैतडीमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९.२६ प्रतिशत मत बदर भएको छ ।
यस्तै प्रदेशसभामा (क) क्षेत्रमा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ (८.२४ प्रतिशत) मत बदर भएको छ । प्रदेशसभा (ख) क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा दुई हजार ५९० ९६.७७ प्रतिशत०मत बदर भएको छ । समग्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभामा कूल खसेको मतमध्ये ८.९ प्रतिशत मत बदर भएको हो ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मत बदर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाता शिक्षा ढिला गरी शुरु हुँदा र प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या बढेको छ ।
जिल्लामा मंसिर १० गते पहिलो चरणमा सम्पन्न निर्वाचनका लागि कात्तिक २६ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थियो जस्मा १८२ मतदाता शिक्षा स्वयंसेवक परिचालन भए पनि स्वयंसेवक नै मतदाता शिक्षाका विषयमा अलमल हुँदा बदर मतको सङ्ख्या बढेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय तहको निर्वाचनमा २।३५ प्रतिशत मात्रै मत बदर भएको थियो । ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनुले पनि बदर मतको सङ्ख्या बढेको हुन सक्ने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
बदर मतले निर्वाचन परिणाममा समेत असर पु¥याउने गरेको जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने, ‘बदर मतले गर्दा प्रतिस्पर्धा हुने परिणाममा फरक पार्छ ।’ मतदाता शिक्षा स्वयंसेवक औपचारिकताका लागि मात्रै गाउँघरमा पुग्ने गरेकाले पनि मतदाता शिक्षा प्रभावकारी नभएको हो ।
प्रतिनिधिसभाका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रत्यक्षतर्फका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ । समानुपातिकतर्फ पनि नेकपा ९एमाले०ले सबैभन्दा बढी मत प्राप्त गरी पहिलो पार्टी बनेको छ । जिल्लामा एक लाख ३२ हजार ३१९ मतदाता छन् ।
रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७