वेष्ट इन्डिजविरुद्ध भारतको सहज जित, भारतको अपराजित यात्रा कायमै


१२ असार २०७६, बिहीबार
India dump West Indies out of World

एजेन्सी : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधि दाबेदार भारतले सहज जित निकालेको छ ।

बिहीबार भएको खेलमा वेष्ट इन्डिजलाई १२५ रनको ठूलो अन्तरले पराजित गर्दै भारत सेमिफाइनल प्रवेशको यात्रालाई सहज बनाएको हो ।

म्यान्चेस्टरमा भारतले दिएको २६९ रनको लक्ष्य पछ्याको वेष्ट इन्डिजले ३४ ओभर २ बलमा पूरै विकेट गुमाउँदै मात्र १४३ रन बनायो । वेष्ट इन्डिजका लागि सुनिल अर्बिरिसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरनले २८ रन जोड्दा शिम्रोन हेट्मायर १८, केमार रोच १४ र शेल्डन कोट्रेलले १० रन जोडे ।

बलिङतर्फ भारतका लागि मोहमेद शमीले सर्वाधिक चार विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह र युज्भेन्द्र चहलले समान दुई–दुई विकेट लिए । भारतका लागि हार्दिक पाण्ड्य र कुलदिप यादवले एक(एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६८ रन बनायो ।

भारतकालागि कप्तान विराट कोहली र एमएस धोनीले अर्धशतकीय पारी खेले । ८२ बल खेलेका विराटले ८ चौकाको सहयोगमा ७२ रन बनाए ।

विराटले आजको खेलमा बनाएको रनसँगै सबै खाले अन्तर्रा्ष्ट्रिय क्रिकेटको फम्र्याटमा २० हजार रन पूरा गरेका छन् । ६१ बल खेलेका धोनीले ३ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए ।

त्यस्तै केएल राहुलले ४८ रन जोड्दा हार्दिक पाण्डेया ४६, रोहित शर्मा १८ र विजय शंकर १४ रनको योगदान गरे । बलिङतर्फ वेष्ट इन्डिजका लागि केमर रोचले सर्वा्धिक तीन विकेट लिए । त्यस्तै कप्तान जेसन होल्डर र शेल्डन कोट्रेलले समान दुई(दुई विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७