डिजे पड्किँदा युवाको मृत्यु


१६ असार २०७६, सोमबार
death photo1

महोत्तरी, १६ असार । महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ ।

सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट हुँदा पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मिथिलामा विवाहको विधिमै दुलहालाई बस्ती घुमाउने परम्परा छ । यसै क्रममा आज बिहान झिसमिसे पूर्व नै यो घटना भएको प्रहरीले जनाएको छ । विद्युत् चुहिएर रथबाट ढलेका पण्डितलाई तत्काल जनकपुर अञ्चल अस्पताल पुर्‍याइएको थियो । चिकित्सकले त्यहाँ पण्डितलाई मृत घोषित गरेका थिए ।

घटनापश्चात डिजे बाजासहित विवाहमा आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्लामा २०६४ सालदेखि नै डिजेले ध्वनी प्रदूषणसँगै दुर्घटना बढाएको भन्दै यसको प्रयोगमा जिल्ला प्रशासन कार्यालयले प्रतिबन्ध लगाएको छ । तर, डिजे प्रतिबन्धको प्रभावकारी अनुगमन र अनुशरण नगरिदा बर्सेनी यससँग जोडिएर दुःखद घटना हुँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७