सांसद रङ्गमति शाहीको प्रधानमन्त्रीलाई प्रस्ताव, ‘आउनुस् मेरो स्कुटीमा बस्नुस्, वनस्थली जाऔं’


१९ असार २०७६, बिहीबार

काठमाडौं, १९ असार । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रङ्गमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग स्कुटरमा बसेर यात्रा गर्न आग्रह गरेकी छन् ।

बिहीबारको संसद वैठकमा बोल्दै सांसद शाहीले प्रधानमन्त्री ओलीलाई आफ्नो स्कुटरमा बसेर यात्रा गर्न प्रस्ताव राखेकी हुन् ।
प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिंड्न नपर्ने अभिव्यक्ति दिएपछि यसको वास्तविकता बुझाउन प्रधानमन्त्री ओलीलाई सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । माक्स लगाउन पर्छ कि पर्दैन हेरौं ।’

केहि दिनअघि प्रधानमन्त्री ओलीले आफू आएपछि अहिले काठमाडौंका मान्छेले मास्क लगाउनु पर्ने वाध्यता हटेको बताएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति अहिले सर्वसाधरणले समेत विभिन्न टीकाटिप्पणी गरिरहेकी छन् । प्रधानमन्त्रीले ढाँटेको भन्दै काठमाडौंबासीले उक्त अभिव्यक्तिको टिप्पणी गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७