‘कबिर सिंह’ ले १३ दिनमै कमायो दुई सय करोड


१९ असार २०७६, बिहीबार
kabir sing

कठमाडौं, १९ असार । नायक साहिद कपुर र किआरा अडवानी अभिनित चलचित्र ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा २ सय करोड क्लबमा प्रवेश गरेको छ ।

दोश्रो हप्ताको बुधबार ७.५३ करोड कमाई गर्दै चलचित्रले २ सय करोडको आँकडा पार गरेको हो । ५ दिनमा सय करोड, ९ दिनमा डेढ सय करोड, १० दिनमा १७५ करोड कमाएको चलचित्रले रिलिजको १३ औं दिनमा २ सय करोड पार गरेको छ । चलचित्रले दोश्रो हप्ताको बुधबारसम्म २०६.४८ करोड कमाई गरेको छ ।

यो बर्ष रिलिज भएका चलचित्रमध्ये सबैभन्दा चाडो २ सय करोड कमाउने चलचित्र ‘कबिर सिंह’ बनेको छ । यसअघि २ सय करोडको आँकडा पार गर्न सलमान खान अभिनित चलचित्र ‘भारत’ लाई १४ दिन र ‘उरी’ लाई २८ दिन लागेको थियो । साहिद कपुरको अभिनयले दर्शकलाई खुशी तुल्याएको समयमा यो चलचित्र ब्ल्कबस्टर भएसँगै साहिदको स्टारडम पनि चम्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७