ट्रम्पको उत्तेजक आरोप विरुद्ध जुकरबर्गको शालीन उत्तर
‘सबै मानिसका निम्ति एउटा समुदाय बनाउने प्रयास जारी छ’
काठमाडाैं : अमेरिका फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरोधी रहेको आरोपको खण्डन गरेका छन्। राष्ट्रपति ट्रम्पले फेसबुक ‘षड्यन्त्रकारी’ र आफूविरुद्ध भएको ट्वीटरमा आरोप लगाएपछि मार्क जुकरबर्गले खण्डन गरेका हुन् । ट्रम्पले फेसबुक षड्यन्त्रकारी भन्दै उत्तेजक प्रतिक्रिया दिएका थिए । तर, जुकरबर्गले शालीनतापूर्वक उसको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘सबै विचारलाई मञ्च दिने कोशिश गरिरहेका छौं ।’
कुनै पनि बिषयको उत्तेजक प्रतिक्रिया दिदै आएको ट्रम्पले न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट पत्रिकामाथि पनि त्यस्तै आरोप लगाएका थिए। मार्केले उनको आरोपको खण्डन गर्दे उनले भने ‘सबै मानिसका निम्ति एउटा समुदाय बनाउने प्रयास जारी राख्नेछ।’ गत वर्षको राष्ट्रपतीय चुनावमा मस्कोले गरेको भनिएको हस्तक्षेपबारे छानबिन गरिरहेको संसदीय समितिलाई फेसबुकले ३,००० भन्दा बढी राजनीतिक विज्ञापनबारे विवरण उपलब्ध गराउँदैछ।
ट्रम्पको आरोप :-
जुकरबर्गको खण्डन
राष्ट्रपतीय चुनावका बेला ती विज्ञापनहरुका लागि सम्भवतः रुसी पक्षबाट रकम दिइएको फेसबुकको विश्वास छ। चुनावमा रुसी हस्तक्षेपबारे आउँदो नोभेम्बर १ तारिखमा संसद्को गुप्तचर समितिलाई प्रश्नहरुको जवाफ दिन फेसबुक, ट्वीटर र गुगललाई भनिएको छ। समितिमा उपस्थित हुन औपचारिक रुपम पत्र पाएको फेसबुक र गुगलले बताएका छन्। यद्यपि समितिमा उपस्थित हुने वा नहुनेबारे उनीहरुले केही बताएका छैनन्। मस्कोले राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको आरोप अस्वीकार गर्दै आएको छ।