गोल्डेन गेट कलेजका रमेश सिलवाल राखेपको सदस्य सचिव


२२ असार २०७६, आईतवार
ramesh silwal

काठमाडौं, २२ असार । सरकारले गोल्डेन गेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव बनाउने भएको छ ।

उनको नियुक्तिका विषयमा अहिले मन्त्रालयमा अन्तिम छलफल चलिरहेको स्रोतले जानकारी दिएको छ । गएको असार ९ गते केशबकुमार विष्टको कार्यकाल सकिएपछि राखेप सदस्य सचिव पद रिक्त छ । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले पनि सिलवाललाई नयाँ सदस्य सचिवमा नियुक्तिका लागि अन्तिम छलफल भइरहेको जानकारी दिएका छन् ।

‘रमेश सिलवाललाई राखेपको सदस्य सदस्य नियुक्त गर्ने लगभग निश्चित भएको छ,’ उनले भने, ‘राखेप अन्तर्गतको कुनै पनि संघमा पदाधिकारी हुनुपर्ने व्यवस्थाका कारण कुन संघबाट प्रतिनिधित्व गराउने विषयमा छलफल चलिरहेको छ ।’

उनी विष्टको कार्यकालमा सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका संयोजक थिए । निर्वाचित क्यानलाई विघटन गरेपछि आइसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको छ । जुन अहिले पनि कामय रहेको छ । सिलवाल क्यानका पूर्व उपाध्यक्ष पनि हुन् ।

सदस्य सचिव मन्त्रिस्तरीय निर्णय गरिने पद हो । सो पदका लागि नेकपाका खेलकुद सम्बन्धी जनवर्गीय संगठनले सह संयोजक शिव कोइराला ज्वालालाई अघि बढाएको थियो । कोइरालासँगै निवर्तमान सदस्य सचिव केशवबहादुर विष्ट, भलिबल संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ पनि सदस्य सचिवको आकांक्षी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७