नाडाललाई हराउँदै फेडेरर फाइनलमा


२८ असार २०७६, शनिबार
bad

लण्डन, २८ असार । स्वीस खेलाडी रोजर फेडरर बेलायतमा जारी विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

स्पेनिस खेलाडी रफायल नाडाललाई हराउँदै फेडरर उपाधि नजिक पुगेका हुन् । गएराति भएको खेलमा फेडेररले नाडाललाई ७–६, १–६, ६–३ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

आइतबार हुने फाइनलमा उनले सर्बियन खेलाडी नोभाक जोकोविचसँग खेल्नेछन् । तेस्रो वरियताका नाडाललाई दोस्रो वरियताका फेडेररले पराजित गरेर सन् २००८ मा विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला समेत लिएका छन् ।

३७ वर्षीय फेडेररले अहिलेसम्म ८ पटक विम्बल्डन टेनिसको उपाधि जितेका छन् । उनी पुरुषतर्फ सबैभन्दा धेरै पटक विम्बल्डनको उपाधि जित्ने खेलाडी हुन् । यो पटक उपाधि जितेमा महिला एकलतर्फको कीर्तिमानसँग पनि उनले बराबरी गर्ने छन् ।

फाइनलमा पुगेका जोकोभिचले स्पेनका रोबर्टो बाउटिसा अगुट्लाई ६–२, ४–६, ६–३ र ६–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । चार पटकका विम्बल्डन विजेता जोकोविच पाँचौं उपाधिको पर्खाइमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७