८० प्रतिशत मुद्दा किनारा


३० असार २०७६, सोमबार
law

ललितपुर, ३० असार । ललितपुरको पाटनस्थित उच्च अदालतको हेटौंडा इजलासले यो आर्थिक वर्षमा झण्डै ८० प्रतिशत मुद्दा किनारा लगाएको जनाएको छ । उक्त इजलासले यो वर्ष दर्ता भएका एक हजार ४५३ मुद्दामध्ये एक हजार १५५ मुद्दा किनारा लगाएको हो ।

उक्त इजलासले पुनरावेदन क्षेत्राधिकारअन्तर्गतका एक हजार २८६ मध्ये एक हजार ३४ शुरु क्षेत्राधिकारका ५५ मध्ये २८ र रिट निवेदनअन्तर्गतका ११० मध्ये ९३ मुद्दा किनारा लगाएको जनाएको हो ।

यसैगरी पुनरावेदन परेका ७९० सरकारवादी फौजदारी मुद्दामा ६५१ र दुनियाँवादी देवानी मुद्दा ३१६ मध्ये २४२ मुद्दा किनारा लागाइएको रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिए । त्यस्तै १७९ दुनियाँवादी फौजदारी मुद्दामा १३८ को फैसला भएको छ भने साधक अन्तर्गतका तीन पुनरावेदनमध्ये सबै फछ्र्यौट भएको छ । उनका अनुसार उक्त इजलासमा १८ महिना नाघेका पाँच मुद्दा मात्र बाँकी छन् ।

उक्त इजलासले न्याय प्रवाहलाई छिटोछरितो बनाउँदै लगेको त्यहाँका मुख्य न्यायाधीश टेकराज नेपालले बताए । यो वर्षको असार मसान्तसम्म ८० प्रतिशत मुद्दा किनारा लागेको जानकारी दिँदै उनले अदालतको काम कारवाहीलार्ई सञ्चारमाध्यमले सार्वजनिक गरे यसप्रति जनताको आस्था बढ्ने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७