कांग्रेसको कर्मचारी युनियनका नेता एक लाख घुससहित रङ्गेहात पक्राउ


३० असार २०७६, सोमबार
Krishna prasad soti coruption rdimkGpMLa

काठमाडौं, ३० असार । काठमाडौं महानगरपालिकाका एकजना नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । 

नेपाली कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका अध्यक्ष समेत रहेका नायब सुब्बा कृष्ण प्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार घुससहित नियन्त्रणमा लिएको हो ।

सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टंगालस्थित टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले सेवाग्राहीबाट एक लाख सात हजार घुस लिइसकेको अवस्थामा कार्यलय परिसर बरमहलबाट रङ्गेहात पक्राउ गरिएको जानकारी दिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७