अमिषा पटेल किन नेपाल आइन् ?


३१ असार २०७६, मंगलवार
amisha patel

काठमाडौं, ३१ असार । अहिले नेपालमा बलिउड अनुहारहरु भित्र्याउने क्रम बढेको छ । विशेष गरी, सांगीतिक कार्यक्रमका लागि बलिउडका अनुहारहरु नेपाल आउनका लागि उत्साहित देखिएका छन् ।

यसैबीच बलिउड नायिका अमिषा पटेल केही दिन अगाडि नेपाल आएकी थिइन् । आफू नेपाल आउँदै गरेको जानकारी ट्वीटमार्फत दिएकी थिइन् । भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको सांस्कृतिक कार्यक्रममा भाग लिनका लागि उनी नेपाल आएकी थिइन् । कार्यक्रममा अमिषाले आफ्ना हिट गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । साथमा रिसोर्टको आयोजनामा सम्पन्न कार्यक्रममा अन्य कलाकारले समेत प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७