एनिमेशन स्टुडियोमा आगजनी, २३ को मृत्यु, ३६ बढी घाइते


२ श्रावण २०७६, बिहीबार
kyoto

क्योटो, २ साउन । जापानको क्योटो शहरमा रहेको एउटा एनिमेशन स्टुडियोमा गराइएको आगजनीमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार क्योटो एनिमेसन कम्पनीको भवन गराइएको आगजनीमा २३ जनाको ज्यान गएको हो । क्योटो प्रहरीका अनुसार एक जना व्यक्ति स्टुडियोमा छिरेर ‘पेट्रोलियम पदार्थ’ फ्याँकेका थिए । ४० को हाराहारीका उमेर रहेका ती व्यक्तिको परिचय खुलाइएको छैन । घाइते भएका उनलाई अस्पताल लगिएको छ ।

क्योटो अग्नि नियन्त्रण विभागका अनुसार आगलागीमा परी अन्य ३६ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । जापानी सञ्चार माध्यमहरुका अनुसार आगजनी भएको बेला स्टुडियोभित्र झण्डै ७० जना थिए ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे स्टुडियोमा आगो लागेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी तथा दमकल आएको थियो । ४८ वटा दमकलको सहयोगमा आगो निभाइरहेको छ ।

सन् १९८१ मा स्थापना भएको क्याटो एनिमेशनले एनिमेशन र एनिमेटेड उपन्यास, कमिक्स तथा पुस्तक प्रकाशन गर्दै आएको छ । क्योटो एनिमेशनले ‘के–अन’ र ‘हारुही सुजुमिया’ जस्ता लोकप्रिय टीभी सिरिज पनि बनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७