सुनले बनायो नयाँ ‘रेकर्ड’


३ श्रावण २०७६, शुक्रबार
gold 1 1

काठमाडौं, ३ साउन । सुनले शुक्रबार बजारमा नयाँ नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुनको यो बजार मूल्य हालसम्मकै बढी हो ।

गत ६ असारमा सुनले प्रतितोला ६५ हजार रुपैयाँको रेकर्ड बनाएकोमा त्यसयता ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार हुँदै आएको थियो ।

एक साताबाट भने सुन लगातार ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । हिजो भने ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७