खेल्दा खेल्दै घाइते भएका रुसी बक्सर म्याक्सिम दादासेभको निधन


८ श्रावण २०७६, बुधबार

काठमाडौं, ८ साउन । बक्सिङ खेलका क्रममा घाइते भएका रुसी बक्सर म्याक्सिम दादासेभको निधन भएको छ ।

अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाइते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो ।

क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाइटमा २८ वर्षीय दादासेभ घाइते भएका थिए । अन्तिम राउण्डको फाइट चलिरहँदा घाइते भएपछि दादासेभलाई अस्पतानल भर्ना गरिएको थियो ।

मस्तिष्कमा रक्तश्राव भएपछि आपतकालीन शल्यक्रिया गरिए पनि चिकित्सकहरुले उनको मुटुको चाल बन्द भएको घोषणा गरे । रुसी बक्सिङ महासंघले घटनाबारे छानविन थालेको बताएको छ ।

दादासेभको उपचारका आवश्यक प्रक्रिया पालना नभएको रुसको आशंका छ । दादासेभले यसअघि करियरका सबै १३ वटा फाइट जितेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७