सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा


९ श्रावण २०७६, बिहीबार
Darchula Branch

दार्चुला, ९ साउन । दार्चुलामा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नयाँ शाखा उद्घाटन गरिएको छ ।

शहरमा मात्र नभई ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै दार्चुला नयाँ शाखा विस्तार गरिएको हो । महाकाली नगरपालिका–४, खलंगास्थित दार्चुला शाखाकोउद्घाटन महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुनाले एक कार्यक्रमका बीच आज (बिहीबार) उद्घाटन गरेका हुन् ।

समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्करसिंह लालाको अध्यक्षतामा सम्पन्न क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता थियो । हाल यस बैंकको कूल शाखा संख्या ८६ रहेको छ । बैंकको थप पाँच शाखा उद्घाटनका क्रममा छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा सुविधाको थालनी गरेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका नायव महाप्रवन्धक अपूर्वप्रसाद जोशीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७