कुमारी बैंकको परिवार सुरक्षा बचत खाता संचालनमा


१२ श्रावण २०७६, आईतवार
Kumari Pariwar Bachat Khata Mnemonic 01 IKktlodgSY

काठमाडौं,१२ साउन । कुमारी बैंक लिमिटेडले आफ्नो नयाँ बचत खाता “कुमारी परिवार सुरक्षा बचत खाता” प्रस्तुत गरेको छ ।


नेपालमै पहिलो पटक प्रस्तुत गरिएको यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य -आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने प्रावधान छ । यो बचत खातामा न्यूनतम १० हजार मौज्दात हुनुपर्नेछ । वार्षिक ६।५० प्रतिशत ब्याजदर लागू हुने यो खातामा निम्न विशेष सुविधाहरू रहेका छन् ।

यस खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध गरेको छ ।

यस खातामा इन्टरनेट बैंकिङ्ग – निःशुल्क, मोबाइल बैंकिङ्ग – पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड -पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू हुनेछ । कुमारी बैंक लिमिटेडले हरेक वर्गका ग्राहकका लागि उच्च सुविधायुक्त सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

यस खाताका बारेमा विस्तृत जानकारी हासिल गर्नका लागि नजिकैको कुमारी बैंकको शाखामा सम्पर्क गर्न ग्राहकहरूलाई यसै प्रेस विज्ञप्तिबाट आग्रह गरिएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९१ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७