रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको हत्या आरोपमा आमा–छोरी पक्राउ

बिस्कुट खुवाएर फकाएपछि घाँटी थिचेर हत्या


१७ बैशाख २०८१, सोमबार
hatya 1

सिरहा । छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया टोलका आमा–छोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।

स्थानीय रमेशकुमार यादवकी करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैशाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार दुवै आमा छोरीविरुद्ध ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा सिरहा जिल्ला अदालतबाट १५ वैशाखदेखि लागू हुने गरी पहिलो पटक सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

बिस्कुट खुवाएर फकाएपछि घाँटी थिचेर हत्या
१२ वैशाखको बिहान करिब १० बजेदेखि हराएकी नाबालिका परिवारजन, छरछिमेक, टोलमा खोजी गर्दा समेत फेला नपरेपछि प्रहरीमा उजुरी गरेको थिए । प्रहरीका अनुसार जिल्ला प्रहरी, वडा प्रहरी तथा लगडी गोठ प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि १४ वैशाखको राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङको चौतरामा मसुरोको झ्याङ्टा नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो ।

पछिल्लो करिव वर्षदेखि रमेशको घर परिवारसँग हुँदै झैझगडाको रिसइवी साँध्न धनिकलाल यादवको घर आँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पु¥याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दुई दिनमा दुई नाबालकको हत्या
पारिवारिक भैझगडाको रिसइवी साँध्न नाबालिकाको हत्या भएको अघिल्लो दिन ११ वैशाखमा पतिसँग सम्बन्धविच्छेद गरी लहानस्थित डेरामा छोरासहित बस्दै आएकी सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ की करिब ३४ वर्षीया सरिताकुमारी साहविरुद्ध प्रहरीले आफ्नै छोराको हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको थियो ।

नाबालक हराएको स्थानीयले सूचना दिएलगत्तै इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको संयुक्त टोलीले साँझ करिब साढे ५ बजेतिर डेराको खानतलासी गर्दा सरिता सुत्ने कोठाको बक्स पलङको घर्राभित्र तन्नामा बेरेको अवस्थामा आयुषको शव फेला पारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७