सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण


१३ श्रावण २०७६, सोमबार
cival bank

काठमाडौं, १३ साउन । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सोमवार एक कार्यक्रमका बीच नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट प्रदान गरेको छ ।


civilउक्त ज्याकेट सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलद्वारा महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौं काप्रमुखप्र.ना.उ.राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेको थियो ।

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ र सोही कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरु संचालित विभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७