४६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौँं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ पक्राउ परेका हुन । विमानस्थल प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
यसअघि प्रहरीले रसुवागढी नाकाबाट अर्की चिनियाँ महिलालाई ५० हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो।