प्रभु इन्स्योरेन्सको २३ औँ साधारण सभा सम्पन्न


१७ श्रावण २०७६, शुक्रबार
Prabhu Insurance

काठमाडौँ, १७ साउन। प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आव २०७४र०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको हो ।

एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्नु परेकाले यसपटक साधारण सभा गर्न केही ढिलो भएको बताउँदै आगामी वर्ष सेयरधनीहरुलाई खुशी बनाउने प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए ।


गत वर्ष कम्पनीले १९ दशमलव २० प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी  १ अर्ब ५० लाख ७६ हजार रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७