नेपालले ओमनमा टी–ट्वान्टी सिरिज खेल्ने 


२४ श्रावण २०७६, शुक्रबार
nepal cricket

काठमाडौं, २४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आयोजना हुने टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएको छ ।  अक्टोबर ५ तारिखदेखि ओमान हुने टी–२० क्रिकेट प्रतियोगिता खेल्न आइसीसीले अनुमती दिएपछि खेल्ने पक्का भएको हो ।

प्रतियोगितामा आयोजक ओमानसँगै ओमानसहित नेदरल्यान्ड, आयरल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्ने भएका छन् ।  

नेपालले पहिलो खेल हङकङसँग खेल्नेछ । ओमान क्रिकेट संघले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्नु खेल्नेछ । 

यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालको प्रतिद्धन्द्धी घरेलु टिम ओमान रहेको छ ।

  

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७