बिराट कोहलीको अनौठो नयाँ रेकर्ड

एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडि 


३१ श्रावण २०७६, शुक्रबार
Virat Kohli cricketer

काठमाडौं, ३१ साउन (एजेन्सी) । भारतीय कप्तान विराट कोहलीले एउटा अनौठो रेकर्ड बनाएका छन् । बुधबार सम्पन्न भएको भारतको वेस्ट इण्डिज बीचको अन्तिम वान डेमा शतक प्रहार गरेका कप्तान कोहलीले  एक दशकमा २० हजार रन बनाउने पहिलो खेलाडिको रेकर्ड बनाएका हुन् । उनलाई आइसिसीले ट्वीटमा बधाई समेत दिएको छ ।

अन्तिम तथा तेस्रो खेलमा कोहलीले ९० बलको सामना गर्दै अविजित ११४ रन बनाए । सिरिजमा भारतीय कप्तान विराट कोहलीले दुई खेलमा लगातार दुई शतक प्रहार गरे । 

उनलाई म्यान अफ द म्याज तथा म्यान अफ द सिरिज समेत घोषित भए । भारतले वेस्ट इण्डिजलाई हराउँदै वान डे सिरिजमा २–० ले कब्जा जमायो । शृंखलाको पहिलो खेल वर्षाले रद्द बनाएको थियो । 

कोहलीले  वेस्टइण्डिजमा उनले आफ्नो ४३ औं शतक पूरा गरे ।  उनी सर्वाधिक शतक बनाउनेमा भारतकै सचिन तेन्दुलकरभन्दा ६ शतकले पछाडि छन् । 

टेस्ट, वान डे तथा टि–२० गरेर उनले सन २०१० देखि २०१९ सम्ममा २० हजार रन पूरा गर्दै रेकर्ड बनाएका हुन् । उनले यस दशकमा ३७१ खेलबाट ५७.०३ को औषतले २० हजार १८ रन बनाएका छन् । यसमा ६७ शतक सामेल छ ।

विराट अगाडी एक दशकमा सर्वाधिक रन बनाएको कीर्तिमान अस्ट्रेलियाका रिक्की पोन्टिङको नाममा थियो । उनले २००० को दशकमा १८ हजार ९६२ रन बनाएका थिए ।

Virat Kohli 12

अब उनी सूचिको दोश्रो स्थानमा झरेका छन् । यस सूचिमा ज्याक कलिस १६,७७७ रन सहित तेश्रो स्थानमा रहेका छन भने महेला जयवर्दने १६,३०४ रन सहित चौथो नम्बरमा रहेका छन् । 

यस्तै १५ हजार ९९९ रनसहित कुमार संगकारा पाँचौं स्थानमा छन् । भने सचिन तेन्दुलकर १५ हजार ९ सय ६२ रनसहित छैठौं स्थानमा छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७