बलात्कार पीडित बालिकाले जन्म दिएको शिशु ११ लाखमा विक्री

काठमाडौं ३ भदौं । बेलायती नागरिक डोना स्मिथले फर्जी कागजात बनाएर बेलायत लैजान खोजेको शिशुलाई १४ वर्षीया बालिकाले जन्म दिएको रहस्य खुलेको छ ।
तराई मुलकी सञ्जीवनी बर्थिङ सेन्टर हुँदै थापाथलीस्थित प्रसूति गृहमा शिशुलाई जन्म दिएकी थिइन् ।
सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले मगरले गर्भपतन गराउन प्रसुतिगृह पठाएकी थिइन् । प्रहरीले मगरलाई पक्राउ गरिसकेको छ ।
त्यसअघि स्मिथलाई आठ हजार पाउण्ड (झण्डै ११ लाख) मा शिशु बिक्री गर्ने नेपाल बाल कल्याण समितिका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट