पोग्वाले पेनाल्टी गुमाउँदा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबर

काठमाडौं, ३ भदौं । स्टार खेलाडी पउल पोग्वाले पेनाल्टी गुमाउँदा इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा चित्त बुझाएको छ ।
उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेन । खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
क्लबका लागि ५० गोल गोल पूरा गरेका छन् । पहिलो हाफमा एकगोलको अग्रता बनाएको युनाइेटडविरुद्ध घरेलु टिम उल्भ्सले ५५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्याए । त्यसपछि ६८ औं मिनेटमा युनाइटेडले अर्को गोलको मौका पाएको थियो । उसले पाएको पेनाल्टीमा पउल पोग्बा पूर्णरुपमा चुक्न पुगे ।
गएको सिजनदेखि अहिलेसम्म पोग्वाले पेनाल्टी गुमाएको यो पहिलो पटक हो । यो सिजनको पहिलो खेलमा चेल्सीमाथि चार शून्यको प्रभावशाली जित निकालेको युनाइेटडले गएराति पाएका मौकाको राम्रो सदुपयोग गर्न नसक्दा अंक बाँड्नु पर्यो ।
खेलपछि प्रशिक्षक ओले गुनरले रासफोर्ड र मार्टियन फ्रन्टलाईन अझ क्लिनिकल हुन आवश्यक रहेको बताए । योसँगै युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ । एजेन्सी