सरकारलाई ज्ञानेन्द्रको चुनौती


३ भाद्र २०७६, मंगलवार
Gyandendra

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिका एकछत्र राज गर्दै आईरहेको विवादस्पद प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई नै चुनौती दिएका छन् ।

मन्त्रालयले कर्मचारी समायोजनका सहयोग गर्न केही समयका लागि भन्दै महानगरका कार्कीलाई मन्त्रालय बोलाएका थियो । तर, कार्कीले मन्त्रालयले पठाएको ताकेता पत्रलाई धोती लगाई दिएका छन् । सघीय सरकारलाई उल्टो चुनौती दिंदै कार्की महानगरपालिकामा राज गरेर कमिसन असुल्ने काममा बढी सक्रिय रहेको स्रोत बताउँछ ।

ज्ञानेन्द्र कार्कीलाई मन्त्रालयले २०७६ साउन १ गते मन्त्रालयमा काजमा हाजिर भई कर्मचारी समायोजनमा सहयोग गर्न पत्र पठाएका पठाएको थियो । मन्त्रालयले पत्र पठाएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सोही दिन मन्त्रालयमा हाजिर हुने गरी पत्र समेत तयार गरेका थिए । तर, कार्कीले आफ्नो रवाफ देखाउँदै प्रमुख प्रशासकीय अधिकृतले दिएको पत्रलाई पूर्णरुपमा वेवास्ता गर्दै बरु केदार न्यौपानेलाई नै सरुवा गर्ने धम्कीसहित शक्ति केन्द्र धाएको स्रोत बताउँछ ।

मन्त्रालयले २०७६ साउन १ गते पहिलो पत्र पठाएको थियो । मन्त्रालयको पत्र अटेर गरेर महानगरमै बसेका उनलाई मन्त्रालयले पुनः दोस्रो पत्र २०७६ साउन ३ गते पठायो । तर, कार्कीले सो पत्रको पनि अवज्ञा गरे । उनी मन्त्रालय गएनन् । मेयर विद्यासुन्दर शाक्यले पनि कार्कीलाइ मन्त्रालय हाजिर गर्न जान भन्न सकेनन् ।

मन्त्रालयले पठाएको दुवै पत्रलाई वेवास्ता गरेपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले कार्कीले गर्दैै आईरहेको प्रशासन विभागको जिम्मेवारी हटाई छि । उनको ठाउँमा निमित्त भई काम गर्न बखत साउदलाई थप जिम्मेवारी दिइएको छ ।

तर, पनि कार्की अझै महानगरको प्रशासन विभाग छोड्न मानिरहेका छैनन् । केही पूराना मितिका फाइलहरूमा दस्तखत गर्ने काम गरिरहेको स्रोत बताउँछ । विना जिम्मेवारी महानगरको प्रशासन विभाग कब्जा गरेर बसेका कार्की संघ सरकार भन्दा पनि बलिया हुन त रु कर्मचारी बृत्तमा प्रश्न उठेकोे छ ।

महानगरपालिकामा नासुबाट जागिरे जीवन शुरु गरेका कार्की २५ बर्षे जागिरे जीवनमा अकुत सम्पत्ति कमाउन सफल भएको दावी स्रोतको छ । उनीसँग अहिले काठमाडौंमा २ वटा आलिसान महल छ भने काभ्रेपलाञ्चोकको बनेपामा उनले महानगरपालिकाकै जुनियर कर्मचारीको नाममा ९० रोपनी जग्गा खरिद गरेको दावीसहित साँघु साप्ताहिकले खबर छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७