सन्नी लियोनी नेपाल आउँदै, यस्ता छन् कार्यक्रम


४ भाद्र २०७६, बुधबार
sunny f

काठमाडौं, ४ भदौं । बलिउडकी अभिनेत्री सन्नी लियोनी विस्तारै नेपाली फिल्म क्षेत्रसँग पनि जोडिन थालेकी छन् ।

उनले पहिलो पटक नेपाली फिल्म ‘पासवर्ड’ को ‘आजको शाम’ बोलको गीतमा ठुम्का लगाएकी छन् । दुई महिना अगाडि यूट्युब रिलिज भएको यो गीतलाई अहिलेसम्म ४० लाखभन्दा बढीको नजर परिसकेको छ । नेपाली ३ करोड बुझेर सन्नीले यो गीत गरेको निर्माण टिमले बताएको छ ।

सन्नी जोडिएसँगै चर्चामा रहेको फिल्म ‘पासवर्ड’ यही भदौ २७ गते प्रदर्शनमा आउँदैछ । फिल्मको प्रिमियर प्रदर्शनको तीन दिन अगाडि राजधानीमा हुँदैछ, जसका लागि भारतबाट अभिनेत्री सन्नी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देशमार्फत् उनले आफू फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेको जानकारी दिएकी छन् ।

‘नमस्ते नेपाल । म सन्नी लियोनी । मैले अभिनय गरेको नेपाली फिचर फिल्म ‘पासवर्ड’ को प्रमोसनल इभेन्ट र प्रिमियरमा सहभागी हुन म सेप्टेम्बर ११ मा नेपाल आउँदैछु’, उनले भिडियोमा भनेकी छन् । सन्नीले फिल्म निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । उनी तीन दिन नेपाल बस्ने कार्यक्रम छ ।

फिल्मको प्रिमियरमा सहभागी हुनु पर्ने सर्तसहित निर्माण टिमले सन्नीलाई गीतमा नाच्नका लागि महँगो पारिश्रमिक तिरेको थियो । उनी शर्त बमोजिम नेपाल आउने भएपछि फिल्मको प्रिमियरका लागि विशेष तयारी थालिएको छ । यो फिल्ममा उनको आइटम नृत्यसँगै अभिनय पनि रहेको बताइएको छ । फिल्मको अघिकांश छायांकन लण्डनमा भएको हो ।

अनुप विक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ, धिरेन शाक्य, विक्रम जोशी, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के. थापा सहनिर्माताको रुपमा रहेका छन् । सौरभ लामाले खिचेको फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७