एक दिवसीय वरियतामा नेपाल एक स्थान तल, कुन देश कुन स्थानमा ?


६ भाद्र २०७६, शुक्रबार
cricket 1

काठमाडौं, ६ भदौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एक दिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १५औं स्थानमा थियो ।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौंमा दक्षिण अफ्रिका, छैटाँंमा पाकिस्तान र सातौं स्थानमा बङ्गलादेश छ । त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौं स्थानमा यथावत् रहेको छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौं, छैटौं र सातौं स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७