एस्टन भिल्ला विजयी, एभर्टन २–० गोलअन्तरले पराजित
काठमाडौं, ७ भदौं । इङ्गलिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ । गए राति भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई हराएको छ ।
घरेलु मैदानमा भएको खेलमा भिल्ला क्लबले एभर्टनलाई २–० ले स्तब्ध बनायो । ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए ।
खेलको ईन्जुरी समयमा अनवर एल गाजीले गोल गर्दै क्लबको जीत सुनिश्चित गरे । तेस्रो खेलमा आएर भिल्ला क्लबले ३ अंक जोड्न सफल रह्यो । उसले तालिकामा ११ औ स्थान प्राप्त गर्यो । एभर्टनले लिगमा पहिलो हार ब्यहोर्यो । उसले सुरुवाती दुई खेलमा एकमा जित र अर्कोमा बराबरीको नतिजा निकालेको थियो ।
एभर्टन ४ अंक सहित तालिकाको नवौं स्थानमा छ । यसैबीच बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ ।
डर्टमन्डले गए राति नै भएको खेलमा डर्टमन्डले एफसी कोलोग्नीलाई ३–१ ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । डर्टमन्डले यसअघि पहिलो खेलमा अग्सवर्गमाथि ५–१ को फराकिलो जित निकालेको थियो । एजेन्सी