सुनको भाउ अहिलेसम्मकै उच्च, प्रतितोला साढे ७२ हजारमा कारोबार


८ भाद्र २०७६, आईतवार
gold

काठमाडौं, ८ भदौं । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

आज (आइतबार) एकै दिन सुन तोलामा १२ सय रुपैयाँले बढेर तोलाको ७२ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

शुक्रबार तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर ८ सय ५० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७