उल्भरह्याम्पटनमाथि एभर्टनको जीत


१६ भाद्र २०७६, सोमबार
sp

काठमाडौं, १६ भदौ । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । आइतबार राति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनमाथि ३–२ गोलको जित दर्ता गरेको हो । जितसँगै एभर्टनले तालिकामा ७ अंक बनाएको छ ।

एभर्टनको जितमा रिचार्लसनले २ तथा एलेक्स इओवीले एक गोल गरेका थिए । यस्तै, उल्भरह्याम्पटनका लागि रोमेन सइस र राहुल गिमिनेज रोड्रिगेजले एक एक गोल फर्काएका थिए ।

पाँचौ मिनेटमा एर्भटनका लागि रिचार्लसनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको ४ मिनेट पछि नै उल्भरह्याम्पटनले बराबरी गोल गरेको थियो । नवौं मिनेटमा रोमेन सइसले बराबरी गोल गरेका हुन् ।

तर १२ औं मिनेटमा एर्भटनका लागि एलेक्स इओबीले गोल गर्दै २–१ को अवस्थामा र्पुयाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको एर्भटनले ७५ औं मिनेटमा गिमिनेजले गोल गर्दै उल्भरलाई खेलमा फर्काएका थिए । ८० औं मिनेटमा रिचार्लसनले गोल गर्दै एर्भटनलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७