राजपाले संविधान दिवसको दिन देशभरी विरोध सभा गर्ने


१७ भाद्र २०७६, मंगलवार
Rajkishore Yadav

काठमाडौं, १७ भदौ : राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान जारी भएको दिनलाई विरोध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

संविधान संशोधनको माग सम्बोधन नभएकाले विगतमा झै यस वर्ष पनि असोज ३ गते देश व्यापी विरोध दिवस मनाउने निर्णय गरेको राजपाका संयोजक राजकिशोर यादवले बैठकपछि सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी बैठकले मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानास्थल बाराको निजगढमा शिघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । राजपाले निजगढमा विमानास्थल बनाउनु पर्ने कुरामा प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सरकारसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

अनावश्यक रुख नकाट्न, वनस्पति र वन्यजन्तु विनास नगर्न, वनमा निर्भर तल्लो भेगका जनतालाई पानीको समस्या हुन नदिन, नदिनाला र पर्यावरणीय प्रभाव मूल्याकंन गरेर तत्काल निर्माणको काम सुरु गर्न बैठकले ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७