‘सुरेश वाग्ले स्मृति केन्द्र’ समयमा सम्पन्न नभए कालोसूचीमा राख्न सुुझाव


१८ भाद्र २०७६, बुधबार
anjana bisankhhe

काठमाडौं, १८ भदौ । संसदीय समिति अन्तर्गतको उपसमितिले चिकित्सा अध्ययन संस्थान महाराजगञ्ज परिसरमा निर्माणाधीन ‘सुरेश वाग्ले स्मृति केन्द्र’ समयमा निर्माण कार्य सम्पन्न नभए कालोसूचीमा राख्न सुझाव दिएको छ । 

प्रतिनिधिसभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समितिको उक्त भवन अध्ययन गर्न गठित कार्यदलले बुधबार समितिलाई प्रतिवेदन बुझाउदै यस्तो सुझाव दिएको हो ।

कार्यदलकी संयोजक अञ्जना विसङ्खेले पटक–पटक स्थलगत अनुगमन र सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएपछि ठेकेदार कम्पनीले बल्ल बाँकी काम शुरु गरेको बताइन् ।

प्रतिवेदनको मुख्य सुझावमा तेस्रो भेरिएशन स्वीकृत भएको मितिले नौ महिनाभित्र भवन हस्तान्तरण हुन नसकेमा ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गर्न सम्बन्धित निकायलाई निर्देशन दिने भनिएको विसङ्खेले बताइन् ।

सुझावमा भवनको ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम सम्पन्न गर्न समय थप गर्नुपर्ने औल्याइएको उहाले जानकारी दिए ।

बैठकमा समितिका सदस्यहरुले समयमा भवन निर्माणकार्य सम्पन्न हुनुपर्ने र यसका लागि निरन्तर अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएका थिए ।

पछिल्लो समय निर्माण व्यवसायीले भवनको कूल भेरिएशनमा दश प्रतिशत लागत बढाएको छ । अहिले भवनको लागत ६१ करोड २१ लाख ८७ हजार ५८७ रुपैयाँ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले वहुवर्षीय योजनाअन्तर्गत सो भवन निर्माणलाई राखेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७